आगामी वर्ष थप पाँच लाख रोजगारी सिर्जना गरिने

काठमाडौं: आगामी आर्थिक वर्ष पाँच लाख रोजगारी सिर्जना गरिने भएको छ । सरकारले संसदमा आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निर्माण र उत्पादनमूलक क्षेत्रमा पाँच लाख रोजगारी सिर्जना गरिने उल्लेख गरिएको छ । सरकारले सात सय ५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार १७:५०