हस्तक्षेप गरेर भएपनि मेलम्चीको पानी काठमाडौं ल्याइछाड्छौ: प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तोसुकै कदम चालेर भएपनि मेलम्ची आयोजना सम्पन्न गराएर काठमाडौंमा पानी ल्याइछाड्ने बताउनुभएको छ । केहि मानीसहरु मेलम्चीलाई असफल बनाउन लागिपरेको भन्दै प्रचण्डले मेलम्चीमा राजनीति नगर्न आग्रह समेत गर्नुभएको छ ।

अध्यक्ष दाहालले ठेकेदार कम्पनी सिएमसी छाडेर जानुमा नेपालीहरूको संलग्नता रेहकोप्रति आक्रोश ब्यक्त गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशनको उदुघाटन सत्रमा बोल्दै भन्नुभयो, केही व्यक्तिहरू मेलम्ची आउन नदिन लागिपरेका छन् । ‘मेलम्ची नआओस् भनेर केही मान्छे लागेका छन्  ।’ प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, कठोर कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’

‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी, सुरुङको काम पनि करिब सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ’ उहाँले भन्नुभयो , ‘अब कसैले चाहेर पनि मेलम्ची आयोजनाको काम नरोकिने बताउँदै भन्नुभयो, ‘म र प्रधानमन्त्री हामी दुवै हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याउन दृढ छौं,


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार २०:५३