भारतबाट आउनेहरुमा कोरोना संक्रमण उच्च

भैरहवा– भारतबाट आउने नेपालीहरूमा संक्रमण दर बढे संगै, बेलहिया नाकाबाट भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको बेलहियास्थित हेल्थ डेस्कको तथ्यांकले पुष्टि गरेको छ ।केही समय शून्यमा झरेको कोरोना संक्रमण पछिल्लो साताबाट पुनः बढ्न थालेको छ ।

भारतमा पछिल्लो दिन संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखापर्न लागेको हो ।प्रहरीका अनुसार नेपाल भारत सीमा बेलहियामा मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

लामो समय भारत बसेर आउनेहरूलाई सीमा विन्दुमै शंका लागे परीक्षण भइरहेको छ । पछिल्लो एक साताबाट संक्रमितको संख्या बढेको छ । भारतबाट आउनेमध्ये दैनिक करिब ३०० जनाको एन्टिजेन परीक्षण गर्दा २०÷२५ जनामा संक्रमण पुष्टि भएको हो ।

 


प्रकाशित | २३ पुष २०७८, शुक्रबार १३:२१