नेपाल फर्कन वा आउँन चाहनेलाई अनलाइन फाराम भर्न एनआरएनए जर्मनीको आह्वान

जर्मनी: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीले कोभिड १९ को कारण अप्ठ्यारोमा परि स्वदेश फर्कन वा नेपालबाट जर्मनलगायत यूरोप आउँन चाहने ब्यक्तीलाई अनलाईन फाराम भरिदिन आग्रह गरेको छ । एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपानेले एक बिज्ञप्ति जारी गर्नुहुँदै वर्तमान महामारीको असहज परिस्थितिमा नेपाल जान चाहने र नेपालबाट जर्मनलगायत यूरोप आउँन चाहने ब्यक्तीहरुलाई अनलाइन फाराम भरिदिन आग्रह गर्नुभएको हो ।

नेपाली राजदूतावाससँगको सहकार्यमा एनआरएनएले आउँन र जान चाहने नेपालीहरुको नामावली संकलन गरिरहेको बताउँदै अध्यक्ष न्यौपानेले फर्कन र आउँन चाहने नेपालीहरुलाई विवरण उपलब्ध गराइदिन आग्रह गर्नुभयो । अध्यक्ष न्यौपानेले नामावली संकलन भएपछि मात्र चार्टर उडानको लागि पहल गर्न सकिने भएकाले पहिला नामावली संकलन गर्न लागिरहेको जानकारी गराउनुभयो ।

अध्यक्ष न्यौपानेका अनुसार जर्मनीबाट १ सय ३० भन्दा बढी नेपाली अप्ठ्यारोमा परि नेपाल फर्कन चाहेको र नेपालबाट पनि आउँनुपर्ने धेरै ब्यक्तीहरु भएको पाइएकाले अनलाईन फाराममार्फत विवरण उपलब्ध गराइदिन आग्रह गरिएको हो । विभिन्न देशमा एनआरएनएको सहयोगमा नेपाली राजदूतावासले नामावली संकलन गरिरहेको हो ।

एनआरएनए जर्मनीको अपिल

आदर्णीय दाजुभाइ तथा दिदिबहिनीहरु, नेपालबाट जर्मनी वा जर्मनीबाट नेपाल फर्कन चाहनेहरुको लागि सामान्य तरिकाको नामावली संकलन कार्यको थालनी गरिसकेका छौ । महामारीको जोखिम र लामो समय आफ्नो पेशा व्यवसायबाट बन्चित हुनु परेकाले आर्थिक मारमा परेकाहरुलाई सहयोगको सट्टा उल्टै मनोमानि ढंगबाट महँगो उडान सुल्क निर्धारण गरिएको बिषयमा गहिरो चिन्ता सहित हाम्रो गम्भीर ध्यानाकर्षण भएकाले हाम्रो नेपाली दुतावास बर्लिनसंग समन्वय गर्दै नामावली संकलन गर्ने कार्य सुरु गरिएको कुरा सर्बबिधितैछ यद्दपी उक्त मनपरी मूल्य निर्धारण गर्ने कदमलाई समाचारमा आए अनुसार हिजोका मितिबाट पूर्णरुपमा निषेध गरिएको निर्णयले केहि राहत भने थपिको छ ।

यहाँनेर स्मरण गराउन खोजिएको कुरा के हो भने यो भन्दा पहिलाको आह्वानमा आएका नामावलीहरु जर्मनसंग मात्र सिमित रहदा पेसेंन्जरको संख्या नपुग्ने भएकाले जर्मनीको नजिक रहेका युरोपका जुनसुकै शहरहरुबाट पनि यात्रीहरु समाबेस गर्न आवस्यक देखिन्छ । त्यसैले जर्मनीबाट यात्रा अनुकुल हुने युरोपका सम्पूर्ण महानुभावहरुलाई तल उल्लेखित फर्ममा आफ्नो नाम दर्ता प्रक्रियामा समाबेस गर्न र गराउन हार्दिक आवहान गर्दछौ ।

आउने वा जाने हरेक पेसेन्जरले आ-आफ्नो उडान शुल्क आफैले बेहोर्नु पर्ने भएता पनि यस अभियानले धेरै भन्दा धेरै संख्यामा उपस्थित गराइदिनाले प्रत्येकलाई लाग्ने शुल्क आपसमा बाढिएर कम शुल्क पर्न गै ठुलो राहत पुग्ने छ भन्ने हाम्रो ठम्याई रहेकोले नै हामी यो सहजकर्ताको भूमिका निभाएको कुरा स्पस्ट गराउन चाहन्छौ । धन्यवाद ।

नेपाल फर्कन चाहानेले दुताबासबाट तयार गरिएको यो फाराम भर्नुहोला :-


प्रकाशित | २५ जेष्ठ २०७७, आईतवार २१:३७