नेशनल प्याब्सन काठमाडौंको आयोजनामा जिल्लाब्यापी ‘कविता वाचन प्रतियोगिता’ हुने

काठमाडौं: नेशनल नेशनल प्याब्सन काठमाडौंको आयोजना र कागेश्वरी मनोहरा नगर समितिको संयोजनमा काठमाडौं जिल्लाब्यापी कविता वाचन प्रतियोगित हुने भएको छ । आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

प्रतिगोगिता यही साउन १९ अर्थात शुक्रबारका दिन काडाँघारीस्थित भिमेश्वर एकेडेमीको प्रागणमा हुने नेशनल प्याब्सन काठमाडौंका सचिव अमृत खड्काले जानकारी दिनुभयो । खडकाका अनुसार विद्यालय तहमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतियोगितामा सहभागि हुन पाउनेछन् ।

कार्यक्रम संयोजक लिलानाथ रेग्मीका अनुसार प्रतियोगतामा हालसम्म ६५ जनाले नाम दर्ता गरिसकेका छन् । कविता बढीमा दुई सय शब्दसम्म हुनुपर्ने, वाचन नेपाली भाषामा हुनेपर्ने र कविता गद्य/पद्य दुवै शैलीमा लेख्न सकिनेछ ।

नेशनल प्याब्सन काठमाडौंका कोषाध्यक्ष प्रेम कुमार भुजलेका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई तीन हजार, दृतीय हुनेलाई दुई हजार, तृतीय हुनेलाई प्रन्ध सय, चौथो हुनेलाई एक हजार नगद पुरस्कारसहित टर्फी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । साथै सहभागि सबैलाई पनि प्रमाणपत्र प्रदान गरिने कोषाध्यक्ष भुजेलले जानकारी दिनुभयो ।

प्रतियोगिहरुलाई वाचनको लागि गोलाप्रथाद्धारा पालो निर्धारण गरिने र प्रतियोगीहरुले वाचनको समयमा विद्यालयको नाम र अन्य प्रतियोगीहरुलाई बाधा पुर्याउने खालको सम्बोधन गर्न नपाइने जस्ता विभिन्न नियम पनि तय गरेको छ ।


प्रकाशित | १७ श्रावण २०८०, बुधबार २१:०२