इनारमा खसेको ५ दिनपछि एक वृद्धको सकुशल उद्धार

सर्लाही : सर्लाहीको हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको सकुशल उद्धार गरिएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको सकुशल उद्धार गरिएको हो । सोमबार नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो ।  गएको वैशाख १२ गतेदेखि हराइरहेका जिम्बालाई सोमबार ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०८:११