सेयर बजारमा दोहोरो अंकको गिरावट: यस्तो छ आजको शेयर बजार

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ भने कारोबार पनि घटेको छ । आज मंगलबार नेप्से मापन गर्ने सूचक ११.७० अंकले घटेर १२९८.६० बिन्दुमा रोकिएको हो । मंगलबार १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता  सेयर ९५ करोड ८६ हजार ९३६ रुपैयाँको सेयर किनबेच भएको छ ।

११ उपसमूहको कारोबारमा जलविद्युत ४५.४९, वित्त १.०३ अंकले बढेको छ भने बाँकी सबैको कारोबारमा गिरावट आएको छ । कारोबार रकममा आधारमा नेपाल लाइफ इन्स्योरेन्सको अग्रस्थानमा रहेको छ । नेपाल लाइफाको १६ करोड ७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र अप्पर तामाकोशी हाईड्रोपावर रहेका छन् ।

सानिमा माई हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनाईटेड मोदी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउँदा राष्ट्रिय बीमा कम्पनी, एशियन लाइफ इन्स्योरेन्स जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १७:०५