लोकदोहोरी गायिक रमिला न्यौपाने ‘नाट्यश्वर रत्न सम्मान’ बाट सम्मानीत

काभ्रेपलाञ्चोक -लोकदोहोरी गायिका रमिला न्यौपाने ‘नाट्यश्वर रत्न सम्मान’ बाट सम्मानीत हुनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ कार्यक्रममा गायिक न्यौपाने सम्मानीत हुनुभएको हो । पूर्व राष्ट्रपति डा रामबरण यादवले गायिक न्यौपानेलाई सम्मान गर्नुभयो ।

गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । सो कार्यक्रममा नाट्यश्वर दशक सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मानबाट चैत्यदेवीलगायत तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा कलाकार तथा पत्रकारलाई सम्मान गरेको थियो ।

लोकदोहोरी गायिका न्यौपानेले सयौ गीतमा स्वर दिइसक्नु भएको छ । सिन्धुपाल्चोकबासी न्यौपानेले १४ वटा लोकसंगीतका एल्बम बजारमा ल्याइसक्नु भएको छ । न्यौपाने अहिले चर्चीत गायिकाको रुपमा परिचीत हुनुहुन्छ ।


प्रकाशित | १७ चैत्र २०७५, आईतवार २१:२४