भक्तपुर: डेँगी रोग नियन्त्रण तथा रोकथाममा सूर्यविनायक नगरपालिका सक्रियतापूर्वक लागिपरेको छ । नगरपालिकाले नगरक्षेत्रमा डेँगी रोग फैलिन नदिन समयमै सचेतना अपनाउनका लागि खोज तथा नष्ट अभियानको थालनी गरेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सबै वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई सहभागि गराएर अन्तरक्रिर्या कार्यक्रम आयोजना गर्दै मंगलबारबाट अभियान शुरु गर्न लागेको जानकारी गराएको छ ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख बासुदेव थापाले अभियानलाई ब्यापक बनाउन निर्देशन दिनुहुँदै डेँेँगी रोग नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । जनताको स्वास्थ्यको सवालमा नगरपालिकाले खेल्नुपर्ने भुमीकामा कुनै कन्जुस्याई नगर्ने भन्दै नगरबासीको घरघरमा पुगेर डेँगी रोग नियन्त्रणमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक दिपक अक्षामीले डेँगुको वर्तमान अवस्था र रोकथामको विषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय निमित्त प्रमुख शान्तिराम खतिवडाले स्थानीय तहहरुसँग समन्वय गरेर डेँगी रोग नियन्त्रणका लागि कार्यालय अगाडि बढिरहेको जानकारी गराउनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाँईले टोलटोलमा पुगेर मंगलबारदेखि नै अभियान शूरु गरिने बताउनुभयो । नगरपालिकामा अहिलेसम्म एक जनामा डेँगु सक्रमण भएको तथ्यांक रहेको र यसलाई बढ्न नदिने गरि काम गर्ने बताउनुभयो ।

सामाजीक विकास समितिका संयोजक रविन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरुको पनि सहभागिता थियो ।
प्रकाशित | १५ श्रावण २०८०, सोमबार २०:५६