आर्थिक वृद्धिदर बढेको क्षेत्रहरुमा करको दायरा बढाउन अर्थ मन्त्री खतिवडाको निर्देशन

काठमाडौ : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेको क्षेत्रहरुमा करको दायरा बढाउन निर्देशन दिनुभएको छ । शुक्रबार आन्तरिक राजस्व विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले आर्थिक बृद्धिदर बढेको क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिनुभएको हो ।

मन्त्री खतिवडाले ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन ढिलाई भएको समेत बताउनुभयो । कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यसको करको दायरा बढाउन ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार १६:१८