रेजिनाले जितिन् ‘मिस नेपाल एसईई २०२०’ को उपाधि

काठमाडौँ । ‘मिस नेपाल एसईई २०२०’को उपाधि रेजिना लिम्बूले जितेकी छन् । विजेता लिम्बुले उपाधिको साथमा शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर समेत हात पारेकी छन् । साथै उनले फिलिपिन्समा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन टुरिज्म’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

त्यस्तै प्रतियोगीतामा फस्ट रनरअप सिल्भिया केसी बनिन् र सेकेन्ड रनरअपको उपाधि सुबिका पौडेलले हात पारिन् । प्रोभिन्सतर्फको उपाधि भने प्रोभिन्स ३ मा महिमा महतो, प्रेभिन्स १ को उपाधि रोमी राई र प्रोभिन्स ५ को उपाधि बिमिका थापा मगरले जितिन् ।

विभिन्न उपशीर्षकमा समेत बिजेता छानिएको प्रतियोगितामा मिस पपुलर महिमा महतो, ब्युटी विथ पर्पोज सायक्सा सुनुवार, फेसन आइकन सायना पन्थी, मिस ट्यालेन्ट प्रेरना थापा मगर, मिस भ्युअर्स च्वाइस सन्धया अधिकारी, मिस फोटोजेनिक इमरन श्रेष्ठ, मिस पर्सनालिटी रुविसा सिंह, बेस्ट वाल्क प्रिया क्षेत्री, मिस एक्याटिभ शिखा आचार्य, मिस फ्रेन्डसिप प्रनिका राउतले हात परे ।

एसईई उत्तीर्ण किशारकिशोरीहरुको क्षमता अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको र एक महिनासम्म अनलाइन, १० दिनसम्म रेसिडेन्टियलरुपमा व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको थियो ।


प्रकाशित | २८ आश्विन २०७७, बुधबार १३:५५