एनआरएनए जापानको अध्यक्षमा नविन निउरे निर्वाचीत, अन्यमा पदमा कसले जिते ? (मतपरिणामसहित)

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा नविन निउरे निर्वाचीत हुनु भएको छ । निउरे अध्यक्षका प्रत्यासी संगीता अधिकारी, राजकुमार अधिकारी र रामकृष्ण श्रेष्ठलाई पराजीत गर्दै निर्वाचीत हुनु भएको हो ।

यसअघिको कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहनु भएको निउरे आगामी कार्यकाल (२०२३-२०२५) मा २ हजार ९५५ मत प्राप्त गरि विजयी हुनु भयो । अध्यक्षका प्रत्यासी संगीताले १ हजार २२०, राजकुमारले ७७७ र रामकृष्णले ४९६ मत प्राप्त गर्नुभयो । निर्वाचनमा कुल ७ हजार १६८ मतदातामध्ये ५ हजार ४४८ अर्थात ७६ प्रतिशत मत खसेको थियो ।

६ वटा पद रहेको आइसिसी सदस्यमामा भने यसअघि नै निर्विरोध भइसकेको छ । आईसिसी सदस्यहरुमा क्रमश बाबुराम खरेल, विजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्र बहादुर दाहाल र राम थापा निर्विरोध निर्वाचीत हुनु भएको हो ।

कार्यसमिति उपाध्यक्षमा देवराज उप्रेत्ति, कृष्ण गैरे शर्मा, सचिन श्रेष्ठ र सिद्धार्थ श्रेष्ठ, सुभाष लामिछाने, महिला उपाध्यक्षमा एजिला केसी भण्डारी, महासचिवमा टिकाराम खरेल, सचिवमा अर्जुन थापा, दिलीप कँडेल र दिपेश खत्री तथा महिला सचिवमा चन्द्र कुमारी केसी निर्वाचीत हुनु भएको छ ।

त्यस्तै, कोषाध्यक्षमा दीपक सुनार, सहकोषाध्यक्षमा राम बहादुर थापा, महिला सहकोषाध्यक्षमा अञ्जु भण्डारी, युवा संयोजकमा मुक्तीराम रेग्मी र महिला संयोजकमा हेमा पाण्डे विजयी हुनुभएको छ ।

आठ जना सदस्यहरुमा क्रमशः विनय गुरुगं, धुव्र गौतम, दिलीप शर्मा, दिनेश लोहनी, ज्योती केसी, कृष्ण प्रसाद कँडेल, नेत्र पान्डेय र रामु कडेल तथा एक जना महिला सदस्यमा ललिता तामागं निर्वाचीत हुनु भएको छ ।


प्रकाशित | १४ श्रावण २०८०, आईतवार २२:२४