लम्की स्किन पीडीत कृषकलाई राहत दिने सूर्यविनायक नगरपालिकाको निर्णय

भक्तपुर: सूर्यविनायक नगरपालिकाले लम्की स्किन पीडित किसानलाई राहत दिने निर्णय गरेको छ । सूर्यविनायक नगरपालिकाको १५१ औं कार्यपालिका बैठकले लम्की स्किन पीडीत किसानलाई राहत दिने निर्णय गरेको हो ।

नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले मृत्य भएका दुहुनो भाई/भैसीलाई १० हजार र थारो ब्याउने गाई/भैसी वरावर ७ हजार राहत अनुदान दिने निर्णय गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले एक सूचना प्रकाशित गर्नुहुँदै १५ दिनभित्र आआफनो वडा कार्यालयमा आवश्यक कागजपत्रसहित सम्पर्क गर्न आग्रह गर्नु भएको छ ।


प्रकाशित | ८ श्रावण २०८०, सोमबार ११:०८