ट्राभल ब्यूरो अफ नेपाल अमेरिकामा नेपाल भ्रमण बर्ष २०२० को आधिकारिक प्रतिनिधि

न्यूयोर्क : अन्तराष्ट्रियस्तरमा नेपालको पर्यटन प्रबद्र्धन गरिरहेको ट्राभल ब्यूरो अफ नेपाल अमेरिकामा नेपाल भ्रमण बर्ष २०२० को आधिकारिक प्रतिनिधि बन्न सफल भएको छ ।

ट्राभल ब्यूरो अफ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रदीप श्रेष्ठ र नेपाल भ्रमण बर्ष २०२० सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठबीच पर्यटन प्रबद्र्धन गर्ने एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

न्यूयोर्कमा आयोजित कार्यक्रममा भएको समझदारी अनुसार ब्यूरोले समाजिक संजाल, बेवसाइट, समाचारपत्र, अनलाईनमा भ्रमण बर्ष २०२० को लागो, फोटो, भिडियोलगायत ‘सामाग्री प्रसारण र प्रयोग गर्न पाउने छ ।

अन्तराष्ट्रिय संचारमाध्ययममा भ्रमण बर्षको विज्ञापनदेखि भ्रमण बर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रम गर्न पाउने अमेरिकाको अधिकारिक संस्थाको रुपमा ट्राभल ब्यूराले काम गर्नेछ । ब्यूरोले यसअघि न्यूयोर्कको म्यानह्याटन, टाइम्स स्क्वायरलगायत स्थानमा नेपालको विभिन्न प्रचारात्मक अभियान संचालन गर्दै आएको थियो ।

ब्यूरोका प्रमुख कार्यकारी अधिकृत प्रदीप श्रेष्ठले अमेरिकाका विभिन्न विश्वविद्यालय र अन्य राज्यहरुमा नेपालको प्रबद्र्धनात्मक कार्यक्रम संचालन गरी पर्यटन प्रबद्र्धन गरिने योजना रहेको जानकारी गराउनुभयो ।


प्रकाशित | १६ माघ २०७६, बिहीबार १४:२८