काठमाडौं उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना संक्रमण, आठ जनाको निधन

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ७६८ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२४ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ। काठमाडौंमा २ हजार ७५६, ललितपुरमा ४४४ र भक्तपुरमा २८६ संक्रमित पुगेका हुन ।

थप आठ जनाको निधन

नेपालमा पछिल्लो २४ घन्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ५७ पुगेको छ।

पाँच वटा जिल्लाका पाँच पुरुष र तीन महिला गरी आठ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६२ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला र रुपन्देहीका ६७ वर्षीया महिला, ३८, ५३ र ५४ वर्षीय पुरुष गरी आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।


प्रकाशित | ८ भाद्र २०७७, सोमबार १७:०१