भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नंं ५ (छालिङ) गोकुल गाउँमा अबस्थित मच्छेनारायण मन्दिरमा लागेको अधिकमास मेलामा भक्तजनको भिड लागेको छ ।

यही साउन २ गते अर्थात मंगलबारदेखि शूरु एक महिने अधिकमास मेलामा भक्तजनको भिड लागेको हो । मेला हरेक तीन तीन वर्षमा लाग्ने गर्दछ ।

तीन सय वर्ष पुरानो मन्दिरमा हजारौ भक्तजनहरुले पूजाआजा गर्नुका साथै दर्शन गर्दै आउनु भएको छ ।

त्यस्तै, शनिबार चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पनि मन्दिरमा गएर दर्शन गर्नु भएको छ । उहाँले मन्दिरलाई धार्मिक पर्यटन विकासको रुपमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिदैँ नगरपालिकाले त्यसको लागि पहल गर्ने बताउनुभयो ।





प्रकाशित | ६ श्रावण २०८०, शनिबार २१:४५