बढ्यो सुनचाँदीको भाउ

काठमाण्डौ: सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलाको एक हजार रुपैयाँ बढेको छ । सुनको भाउ सोमवार तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलाको ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भारतीय रुपैयाँ कमजोर भएको तथा चीनले अमेरिकी सामानमा कर बढाएपछि अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यसकै प्रभावले नेपाली बजारमा सुन महंगिएको हो । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार १२:१६