एनआरएनए चीनको अध्यक्षमा निर्मल शर्मा चौलागाई विजयी

चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनको अध्यक्षमा निर्मल शर्मा चौलागाई विजयी हुनु भएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा चौलागाईले विष्णु प्रसाद दुमरुलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको हो ।

निर्वाचनमा कुल २७९ मतमध्ये २६७ मत खसेको थियो भने सदर मत २६५ र दुई मत बदर थियो । निर्वाचन समितिका अनुसार चौलागाईले २०५ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी विष्णु प्रसाद दुमरुले ६० मत प्राप्त गर्नु भयो । अध्यक्ष बाहेक अन्य पदमा भने यसअघि नै निर्विरोध चयन भइसकेको छ ।

त्यस्तै, उपाध्यक्षमा यादव अर्याल र राजकुमार खरेल, महासचिवमा प्रदिप नेपाल, सचिवमा सूर्यप्रताप राजवंशी र पुन्यवती सुवेदी, कोषाध्यक्षमा सुरज न्यौपाने, सहकोषाध्यक्षमा प्रदिप सिंह र युवा संयोजकमा नवील किशोर दाहाल निर्विरोध निर्वाचीत हुनु भएको हो ।

त्यस्तैगरि, सदस्यहरुमा क्रमश रवि रंजन कुशावाहा, सन्तोष भट्टराई, विकास वान्तवा राई, कृष्ण आचार्य, सञ्जय कोइराला, दिपेश प्रसाई, प्रकाश धिमाल, शैलेश ठाकुर, कमल सापकोटा, विजयी पराजुली, विकास सिग्देल, जेनीका धोजु चयन हुनु भएको छ ।


प्रकाशित | ५ श्रावण २०८०, शुक्रबार २२:२९