एनआरएनए मकाउमा भिमसेन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

मकाउ : गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको आठौ अधिवेशनले आगामी कार्यकाल २०२३-०२५ को लागि भिमसेन श्रेष्ठका नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा शिव थापा, द्वितीय उपाध्यक्षमा निरन्जन खड्का, युवा उपाध्यक्षमा सुरेश सिह सुनार र्निविरोध निर्वाचित हुनु भएको छ । महासचिवमा अमृत गुरुङ, सचिवद्वयमा रबिन्द्र महर्जन र धिरेन्द्र सिटौला, कोषाध्यक्षमा दिपक तामाङ, सहकोषाध्यक्षमा मकर राई, युवा संयोजकमा विशाल पौडेल र महिला संयोजकमा सन्जु नगरकोटी र्निविरोध निर्वाचीत हुनु भएको हो ।

त्यस्तै, कार्यसमिति सदस्यमा क्रमशः सचिन कपाली, दिलिप खड्का हर्क जंग गुरुङ, सन्दिप पनेरु , मणी गुरुङ डिल्ली बहादुर खड्का सम्झना भुसाल ,अमृत ​​गौतम ,सन्तोष रिजाल, सुमन तामाङ निर्वाचित हुनु भयो ।

शुक्रवार भएको अधिवेसनमा निर्वाचन संयोजक युवराज न्यौपानेले श्रेष्ठको अध्यक्षताको कार्यसमितीलाई निर्विरोध घोषणा गर्नु भएको थियो । केन्द्रले प्रतिनिधि पर्यवेक्षकका रुपमा एनआरएनए मकाउको पूर्व अध्यक्ष समेत रहनु भएको शान्ति अधिकारीलाई तोकेको थियो ।

कार्यक्रम हङकङ मकाउका लागि नेपाली महावाणिज्यदूत उदय बहादुर रानाले अधिवेशनको उद्घाटन गर्नु भएको थियो । उहाँले मकाउमा नेपालको पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । मकाउमा दैनीक दुई लाखभन्दा बढी पर्यटक आउने गरेको र दुई सय भन्दा बढी देशका खेलाडी आउने गरेकाले नेपालको पहिचान दिने खालको काम गर्नुपर्ने बताउनुभयो । साथै गैर आवासीय नेपालीहरु सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा एनआरएनए आईसिसि महिला सचिव टिका गुरुङ, एनआरएनए एशिया प्याशिफिक महिला संयोजक शान्ती अधिकारी र चेतन गुरुङलगायतले नवनिर्वाचित एनआरएनए मकाउको नेतृत्वलाई आगामी कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।


प्रकाशित | ५ श्रावण २०८०, शुक्रबार २१:२६