छोरीलाई जलाएर हत्या गरेको आरोपमा दम्पत्ति पक्राउ

दार्चुला:  बिहीबार राति खरको थुप्रोमा राखेर आगो लगाई छोरीको हत्या गरेको आरोपमा प्रहरीले व्याँस गाउँपालिका–५ चुकपानीका नवीन र आमा शिला विष्ट दम्पत्तिलाई पक्राउ गरेको हो । घटनापछि भाग्दै गरेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।

स्थानीयले खबर गरेपछि उनीहरुलाई धौलाकोट प्रहरी चौकीका असई अमीर रावलको टोलीले पक्राउ गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराको टोलीले सदरमुकाम ल्याएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बोहराको भनाइ छ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार १४:२३