समिद्धि राईको नयाँ गीत ‘म दामी छुु’ (भिडियो)

काठमाडौं : समिद्धि राईको नयाँ गीत म दामी छु सार्वजनिक भएको छ । युट्युबबाट म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतमा समिद्धिकै शब्द रहेको छ भने ब्रीजेश श्रेष्टले स्ङ्गेत संयोजन गरेका हुन् । समाजले तोकिदिएको सुन्दरताको दायरा भन्दा फरक भएर सुन्दरताको अभाष गर्ने भावनाको गीतको भिडियोमा जेनिशा, आरती, बुनु, करुना, दीपिका, कन्चन, आश्मा, आकृती, अनुशा लगायत फिछर्ड छन् । हिपहप जानराको गीत गाउने समिद्धिको यो गीतले कता कता नारी स्वतन्त्रताको आवाज बोकेको छ ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार २१:५१