एनआरएनए बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी हुनु भएकोछ । सापकोटा आगामी कार्यकालको लागि अध्यक्षमा विजयी हुनु भएको हो ।

सापकोटा लामो समयदेखि सामाजीक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल रहँदै आउनु भएको छ ।

सापकोटाले एक हजार एक सय १२ मत प्राप्त गर्नुहुदै विजयी हुनु भयो भने अध्यक्ष पदका अर्का उम्मेद्वार तीर्थ धमलाले नौ सय ४८ मत प्राप्त गर्नु भएको थियो । धमलालाई एक सय ६४ मत पछि पर्दै विजयी हुनु भएको हो । निर्वाचनमा जम्मा २ हजार ८ सय ७६ मत खसेको थियो ।

अध्यक्षबाहेक अन्य सबै पदमा भने यसअघि नै निर्विरोध निर्वाचीत भइसकेको छ ।


प्रकाशित | १ श्रावण २०८०, सोमबार २२:१२