‘लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराको रुपमा चित्रित गर्दा गौरवबोध’

काठमाडौँ –परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लगानी सम्मेलनले लगानीकर्ता उत्साहीत देखिएकोमा खुसी ब्यक्त गर्नुभएको छ । ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा खुसी ब्यक्त गर्नुभएको हो ।

‘लगानीकतीले उदाउँदो ताराका रुपमा चित्रित गर्नुमा गौरवबोध भएको छ’, रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमाा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा मिलेको छ ।’

उहाँले सरकार स्पष्ट सोचका साथ आर्थिक सामाजिक रुपान्तरणको दिशामा अघि बढेको बताउँदै यसमा लागि छिमेकी भारत र चीनको सहयोग लिँदै अन्तर्राष्ट्रिय समुदायको साथ पनि लिएर अघि बढ्ने विचार ब्यक्त गर्नुभयो ।


प्रकाशित | १७ चैत्र २०७५, आईतवार २१:०९