काठमाडौं, उदयपुर, पर्सा र दाङमा थपिए ९ जना कोरोना संक्रमीत, सक्रमीतको संख्या २६७ पुग्यो

काठमाडौं: नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा ३ जना, पर्सामा ४ जना, उदयपुरमा एक, काठमाडौंमा १ जनामा कोरोना देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार उनीहरू सबै जना अवस्था सामान्य रहेको छ भने उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार २१:१६