नन्दीकेश्वर महादेव मन्दिरमा श्रावणी मेला शूरु, सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा उद्घाटन

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नन्दीकेश्वर महादेवको श्रावणी मेलाको उद्घाटन गर्नु भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नंं ९ मा अवस्थित नन्दीकेश्वर महादेवमा एक कार्यक्रमकाबीच मेलाको समुद्घाटन गर्नु भएको हो । उद्घाटन अघि पञ्चकन्या मन्दिर, ढुंगाडोल गणेशमन्दिर हुँदै नन्दीकेश्वर मन्दिरमा आएर कलश यात्रा समापन गरिएको थियो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले नगरपालिकाले चारैतीरबाट विकासको लहर ल्याएर धर्मसंस्कृति तथा लोकसस्कृतिलाई जर्गेना गर्न लागिपरेको जानकारी गराउनुभयो ।

उहाँले मन्दिरको अपूरो भौतीक पूर्वाधार निर्माणमा सहयोग गर्ने समेत बताउनुभयो ।

वडाध्यक्ष भगवान खत्रीले मन्दिर पुर्ननिर्माणका लागि पुरात्वक विभागबाट २ करोड विनियोजन भएर निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

नन्दीकेश्वर विकास समितिका अध्यक्ष श्रीराम ब्याञ्जुले लिच्छीकालीन पुरानो महादेव मन्दिर चाँगुनारायण हाराहारीको शिव भगवान भएकाले यसको प्रचार प्रसार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका नगर उपपप्रमुख सरिता तिमिल्सिना भट्टराई, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत र वडा नंं १० का वडाध्यक्ष शिवराम राउतलगाउत जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।

सो अवसरमा नगर प्रमुख थापाले मन्दिर पूर्ननिमार्णमा सहयोग गर्नुहुने विष्णु खडकालाई सम्मान गर्नु भएको थियो ।


प्रकाशित | १ श्रावण २०८०, सोमबार २०:५४