एनआरएनए स्विजरल्याण्डको अध्यक्षमा कृष्ण प्रसाद शिवाकोटी निर्विरोध निर्वाचीत

स्वीजरल्याण्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विजरल्यान्डको अध्यक्षमा कृष्ण प्रसाद सिवाकोटी निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार भएको अधिवेशनबाट शिवोकाटी निर्विरोध निर्वाचीत हुनु भएको हो ।

दोलखा जिल्ला कालिन्चोक गाउँपलिका वडा नंं ८ सुनखानी निवासी शिवाकोटी लामो समयदेखि स्विजरल्याण्ड बस्दै आउनु भएको थियो भने यसअघि दुइ कार्यकाल महासचिवको जिम्मेवारी समालीसक्नु भएको छ ।

त्यस्तै, उपाध्यक्षमा जिबन भट्टराई, राकेशचन्द्र प्रजापति, महासचिवमा याम काउचा मगर, सचिवमा सुनिता तामाङ, कोषाध्यक्षमा बिनिता सुनार, युवा संयोजकमा आशिष परियार, प्रवक्तामा रेशम खत्री र सदस्यमा सारा पुन निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यस्तैगरि, आइसिसी सदस्यमा निवर्तमान अध्यक्ष शुभ आल्मेर लामा चयन हुनु भएको छ ।

आठौ अधिवेसन कार्यबाहक राजदुत उत्तम कुमार शाहीको प्रमुख आतिथ्यता र एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । नयाँ कार्यसमितिलाई शनिबारै पद तथा गोपनीयताको शपथ खुवाइएको छ ।


प्रकाशित | २४ असार २०८०, आईतवार १३:२६