एनआरएनलाई सबैले गर्व गर्ने साझा चौतारीको रुपमा विकास गर्न लागिपर्छु : कृष्णजीवी पन्थ (भिडियो रिर्पोटसहित)

बाल्टीमोर । गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थले विदेशमा रहेका नेपालीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी पन्थले गैर आवासीय नेपालीहरुले एक आपसमा द्धन्द्ध मच्चाउने काम गर्नु नहुनेमा जोड दिदैं सबै बिच सौहार्दपूर्ण वातावरण बनाउने अभियानमा आफु रहेको स्पष्ट पार्नु भयो ।

एनआरएनएमा वर्षौ देखी रहेका समस्या तथा अस्तव्यस्तालाई चिर्दै जानेमा पनि उहाँले दृढता व्यक्त गर्नु भयो । विभिन्न शहरहरुमा मन्दिर तथा सामूदायिक भवन बनिरहेको उल्लेख गर्दै पन्थले सो कार्यलाई निरन्तरता दिन पनि एक अर्का बिच सद्भाव कायम राख्नु पर्ने बताउनुभयो । एनआरएनएमा पुस्तान्तरणको खाँचो औल्याउँदै भावी पुस्तालाई पनि सो अभियानमा समेट्न आफु निरन्तर क्रियाशील रहेको उहाँले उल्लेख गर्नु भयो ।

विभिन्न अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउने क्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी पन्थले अमेरिकामा रहेका सबै नेपालीहरुलाई एउटै मालामा उन्ने प्रण गर्नु भयो । संघलाई समय सान्दर्भिक, पारदर्शी तथा सबै गैर आवसिय नेपालीहरुले गर्व गर्ने साझा चौतारीको रुपमा विकास गर्ने पन्थको उद्देश्य रहेको छ ।

संघले लिएको मूल मर्म र अभियानलाई मूर्तरुप दिनको लागि पनि आफूलाई विजयी गराउनुपर्ने उहाँको जोड रहेको छ । यसअघिको निर्वाचनमा उहाँले सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभएको थियो ।


प्रकाशित | ७ चैत्र २०७७, शनिबार १९:५१