पहिरो लगायत दैवी विपत्ती, लम्पी स्किन रोग र डेङ्गुबाट बच्न चाँगुनारायणका मेयर खत्रीको अपिल

भक्तपुर: चाँगुनारायण नगरपालिकाले पहिरो लगायतका दैवी विपत्तीबाट बच्न सार्वजनीक आह्वान गरेको छ । नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले वर्षाको समय भएकाले बाढी-पहिरोलगायत दैवी विपत्ती र डेङ्गुबाट सुरक्षित उपाय अपनाउन तथा गाईलाई लाग्ने लम्पी स्किन रोग नेपालमा फैलीएकाले सचेत रहन आग्रह गर्नुभएको छ ।

डेङ्गु ज्वरोविरुद्धको खोप र खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय भएको बताउनुहुँदै मेयर खत्रीले डेङ्गु ज्वरोको शङ्का लागेमा हुनसक्ने जटिलताबाट जोगिन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न आगह गर्नुभयो ।

घर तथा संरचनाको निर्माण गर्दा धेरै भिरालो तथा कमजोर स्थानमा वा सो स्थानको तलतिर नबनाउन, अब्यवस्थित बाटो विस्तार रुख कटानमा रोक लगाउन र जोखिमपूर्ण स्थानहरुमा तार तारजाली तथा पर्खाल लगाउन पनि भनीएको छ ।

वर्षयाम अगाडि कुलेसो नाला र भलहरु ब्यवस्थित गर्न, ठूलो पानी पर्दा कुलेसो तर्फ फर्काउन, भिरालो जमिनमा गरा बनाएर खेती गर्न, चिरा परेको वा धाँजा फाँटेको जमिनलाई चिम्ट्याइलो माटो खाँदेर पूर्न र प्लााष्टिक वा त्रिपालले पानी नपस्ने गरि छोप्न पनि सार्वजनीक अपिल गरिएको छ ।

त्यस्तै, भारी वर्षाका बारेमा मौसमको जानकारी लिई पहिरोका पूर्व संकेतहरु प्रति सचेत रहन पनि मेयर खत्रीले नगरबासीलाई आग्रह गर्नु भएको छ । साथै यस्तो बिपत्त र महामारिबाट सबैले सामुहिक रूपमा लागेर सामना गर्नुपर्नेमा मेयर खत्रीले जोड समेत दिनु भएको छ ।


प्रकाशित | २७ असार २०८०, बुधबार २२:०४