सुर्खेत : कर्णाली प्रदेशका सुर्खेत, सल्यान र अछामका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश सामाजीक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मी नारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणको क्रममा थप २९ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रमुख तिवारीका अनुसार सुर्खेतमा ११ जना, सल्यान र अछाममा ९ ९ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमीतको संख्या २ सय ६२ पुगेको छ ।

प्रकाशित | २० जेष्ठ २०७७, मंगलवार १२:४८