आशा जगाउने नेता: बालकृष्ण शिवाकोटी

दोलखा -दोलखामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी दोलखाली राजनीतिमा चीरपरिचित नाम हो । सामाजिक र राजनीतिक परिवारमा जन्मनु भएका शिवाकोटी स्वर्गीय विष्णुराज शिवाकोटी र विष्णुमाया शिवाकोटीका जेठा सन्तान हुनुहुन्छ ।

उहाँको जन्म विसं २०२६ साउन २९ मा सुनखानीमा भएको हो । बुबाको राजनीतिक सामाजिक जीवनबाट प्रेरित हुनुभएका शिवाकोटी विद्यार्थीकालबाट नै अनेरास्ववियुको राजनीतिमा सक्रिय हुनुभयो । उहाँ क्षमावती माविमा अध्ययनरत रहँदा २०४० मा अनेरास्ववियुको उपाध्यक्षसम्म बनेर काठमाडौंस्थित नेपाल कमर्श क्याम्पस मीनभवनमा उच्च शिक्षा अध्ययनको लागि भर्ना हुनुभयो । त्यहाँ स्नातकसम्मको अध्ययन पूरा गरुन्जेल अनेरास्ववियु प्रारम्भिक कमिटीका विभिन्न पदमा सक्रिय रही राजनीतिक यात्रालाई निरन्तरता दिनुभयो ।

त्यसपछि भूगोलको राजनीतिमा सक्रियता देखाउनु भएका शिवाकोटी तत्कालीन इलाका नंबर ९ को सचिव हुँदै २०५६ सालमा क्षेत्रीय कमिटीको सचिव बनेर पार्टी कामको नेतृत्व गर्नुभयो । राजनीतिक यात्रा सँगसँगै समाजिक क्षेत्रमा पनि गतिशील शिवाकोटी नेकपा एमाले दोलखाको सचिवालय सदस्यमा निरन्तर १२ बर्ष रहेर पार्टी सञ्चालन तथा विकास निर्माणका कामहरुमा संलग्न हुनुभयो । पार्टी काम र सामाजिक सेवाका काममार्फत जनहितमा निरन्तर क्रियाशील रहेकै कारण उहाँ २०६५ मा बुटवलमा सम्पन्न नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशनका लागि दोलखामा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको थियो ।

May be an image of 6 people, people sitting and people standing

नेकपा एमालेको केन्द्रीय उद्योग वाणिज्य विभागको सदस्य हुँदै हाल उहाँ एमालेको बागमति प्रदेश कमिटीमै निरन्तर काम गरिरहनुभएको छ ।
एमालेको दशौँ महाधिवेशन तथा विधान महाधिवेशनमा पनि प्रतिनिधि रहनुभएका शिवाकोटी हाल एमालेको उद्योग हेर्ने भातृसंगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्जसमेत हुनुहुन्छ ।

सरल तथा मिजासिला शिवाकोटी थुप्रै सामाजिक संघसंस्थामा पनि सक्रिय हुनुहुन्छ । मदन भण्डारी फाउण्डेनसनको केन्द्रीय सदस्यसहित थुप्रै सामाजिक संघ–संस्थाहरुमा पनि नेतृत्वकारी भूमिकामा हुनुहुन्छ । त्यस्तै, नेपाल सरकार लगानी बोर्डको सदस्यमा तीन कार्यकालसम्म रहनुभएका शिवाकोटी मेगा बैंकको सञ्चालक समिति सदस्य पनि हुनुहुन्छ । बोर्ड सदस्यको हैसियतमा उहाँले राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको आधार तयार गर्ने पार्टीको मूल नीति कार्यान्वयनका लागि वैदेशिक लगानी भित्र्याउने, राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानीको मोडालिटीको निर्णय लिने, लगानीमैत्री वाताबरण सिर्जना गर्ने लगायतका क्षेत्रमा धेरै महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ ।

अप्ठ्यारोमा परेकाहरुका लागि सदैव सहयोग गर्न रुचाउने शिवाकोटी सामाजिक कार्यमा रुची राख्ने र राष्ट्रिय विपतका बेला अग्रमोर्चामा रहेर राहत, उद्दारलगायतका काममा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ । खासगरी २०७२ सालको भूकम्पको राष्ट्रिय विपतमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वय गरेर भुकम्पको इपिसेन्टर बनेको दोलखा जिल्लाभर ठूलो मात्रामा राहतका कार्यक्रम तथा उद्दार सामग्रीहरु ल्याएर जिल्लाबासीलाई सहयोग गर्नुभएको थियो । त्यसबेला उहाँ दोलखाको सवैजसो वडामा राहत, उद्दार र पुनस्र्थापनाको काममा सकृय बन्नुभयो । त्यसबेला शिवाकोटीले पीडामा रहेका दोलखावासीहरुलाई आफूले सकेसम्मको सहयोग गर्नुभयो । राजनीतिक रुपमा कुनै भेदभाव नगरी असल अभिभावकका रुपमा प्रस्तुत हुनुभयो ।

दोलखाली जनताका विपतका तिनै सारथीलाई आगामी मंसिर ४ मा हुन गइरहेको आम निर्वाचनमा नेकपा एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका रुपमा उभ्याएको छ । शिवाकोटीलाई एमालेले उम्मेदवार बनाएसँगै ७४ वटै वडाका मतदाता उत्साहित बनेका छन । दुःखमा साथ दिने बालकृष्ण जस्तै उम्मेदवार आफूहरुले चाहेको प्रतिक्रिया पनि दिन थालेका छन । उहाँले जिल्लामा मात्र होइन, देशका अन्य विभिन्न भागमासमेत विपतका बेला राहत सामग्री र उद्दारका कार्यहरुमा सहयोग गर्दै आउनुभएको छ । नेपालको धार्मिक, सांस्कृतिक क्षेत्रको विकासमार्फत पयर्टन क्षेत्रको प्रवद्र्धनमासमेत शिवाकोटीले अगुवाका रुपमा भूमिका खेल्दै आउनुभएको छ ।

कोभिड १९ को संकटका समयमा जिल्लाबाट काठमाडौं बस्ने विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरु जो कमाएर खान नसक्ने अवस्थामा थिए, उनीहरुलाई खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराएर सहयोग गर्नुभएको थियो ।असहाय तथा पहुँच बाहिरका व्यक्ति तथा समुदायका हितका लागि सधैँ केही गरौँ भन्ने भावना बोकेका शिवाकोटीले जेहेन्दार विद्यार्थीहरुको शिक्षामा ठूलो सहयोग तथा लगानी गर्नुभएको छ ।
करिब ५०० भन्दा बढी विद्यार्थीहरुलाई विद्यालय तथा उच्चतहको शिक्षामा व्यक्तिगत सहयोग तथा छात्रवृत्ति उपलब्ध गराएर सबैका लागि शिक्षा भन्ने राष्ट्रिय अभियानमा योगदान गर्नुभएको छ ।

May be an image of 9 people, people standing, outdoors and text that says "दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरी! जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरो नेकपा (एमाले). दोलखा संघ तथा प्रदेश उम्मेदवार मनोनय गोषणा २३ आश्वन, २०७७"

आफू जन्मेर हुर्केको घर नजिकैको कालिनाग मावि सुनखानीलाई स्रोत साधन सम्पन्न विद्यालय र कालिनाग क्याम्पस बनाउने सम्मको अभियानको नेतृत्व गर्नुभएका शिवाकोटी शिक्षाप्रेमी तथा सफल अभियन्ता पनि हुन् । हाल जिल्लाको ग्रामीण भेगमा बनेको कालिनाग स्कुल तथा क्याम्पस उदाहरणीय शैक्षिक नमुना पनि हो ।

यसका अलावा सबैखाले विकास निर्माणमा उहाँको योगदान रहेको छ । जुन क्षेत्रमा हात हाल्यो त्यसलाई सफल बनाएरै छाड्ने र सबैको चित्त बुझाएर काम गर्नसक्ने क्षमताका धनी बालकृष्णमा रहेको उहाँका सहकर्मीहरु बताउँछन् र सबैले त्यसको अनुभूत पनि गरेका छन् ।
सफल उद्योगी तथा व्यवसायीकोसमेत छवी बनाउनुभएका शिवाकोटीले आफू आबद्ध दर्जनभन्दा बढी उद्योगहरुमा करिब १५०० भन्दा बढीलाई रोजगार दिलाउनुभएको छ ।

बेलाबेला सफल र इमान्दार व्यवसायीको रुपमा राज्यबाट पुरस्कृत पनि हुनुभएको छ । यो निर्वाचन जितेपछि उहाँको पहिलो योजना नै जिल्लामा उत्पादनमूलक वातावरण बनाउने र धेरैभन्दा धेरै रोजगारीका अवसर सिर्जना गर्ने रहेको छ ।दोलखाको वृहत्तर विकासमा सहयोग पुग्ने तामाकोशी ३ आयोजना, चीनसँगको फलाक नाका खोल्ने सडक निर्माण, शैलुङ तथा जिरी पर्यटकीय स्थल निर्माण, फिल्मसिटी तथा खरिढुंगा म्याग्नेसाइट पुनःसञ्चालन जस्ता एजेण्डाहरु नै उहाँको प्राथमिकतामा रहेका छन् ।

बालकृष्ण शिवाकोटी युवा, जोशिला, काममा सदैव सफल हुनुभएका र संसदीय राजनीतिमा नयाँ अनुहार भएकाले अहिले दोलखाबासीले निकै ठूलो आशा, अपेक्षा र भरोसा उहाँमाथि राखेका छन् । नयाँले पक्कै केही गर्छन भन्ने सबैको चासो रहेको छ । यो सँगै राष्ट्रिय अन्तर्राष्ट्रिय पहुँच बनाउनु भएका शिवाकोटीले दोलखालाई पनि साँच्चै परिवर्तन गराएर नमुना पर्यटकीय जिल्ला निर्माण गर्ने र उत्पादनको थलोको रुपमा पहिचान दिने अभियानका साथ निर्वाचनमा होमिएको बताउनुभएको छ ।


प्रकाशित | २८ आश्विन २०७९, शुक्रबार १२:१८