ब्राईट फ्युचर स्कुल ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित हुँदै, सहभागिताका लागि आयोजकले पठायो निमन्त्रणा (पत्रसहित)

मोरङ : ब्राईट फ्युचर सेकेण्डरी स्कुल ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानीत हुने भएको छ । सिंगापुर र मलेशियामा हुने कार्यक्रममा सहभागिता जनाउन आयोजकले विद्यालयलाई निमन्त्रणा पत्र पठाएको हो ।

सो निमन्त्रणा पत्रमा ‘तपाईका शिक्षकहरुले गरेको असाधारण कामबाट पुरस्कार समिति पूर्ण रुपमा प्रभावित भएको थियो । तपाईका विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा प्राप्त गर्ने कुरा सुनिच्चित गर्न उनिहरुले गरेका अथक प्रयासहरु जसले विद्यार्थीहरुलाई सफलताको लागि तयार गर्दछ’ भनिएको छ । अवार्ड अन्तर्गत एक प्रदेशबाट एउटा विद्यालय छनोट भएको छ । जसमा कोशी प्रदेशबाट ब्राईट फ्युचर सेकेण्डरी स्कुल उत्कृष्ठ भएको हो ।

कार्यक्रममा सहभागिता जनाउनका लागि विद्यालयका प्रिन्सीपल टिकाराम ढकाल भोलि मंगलबार सिंगापुर प्रस्थान गर्दै हुनुहुन्छ । कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यत्तिहरुको सहभागिता हुनेछ ।

विद्यालयले अवार्ड पाउने भएपछि शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् । विद्यालयले व्यवाहारिक शिक्षामा जोड दिदै आएको छ । पढाईसंगसंगै अन्य क्रियाकलापमा सहभागि गराउर्दै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनलाई विद्यालयले प्राथमिकता दिर्दै आएको छ । अर्कोतर्फ सुचना र प्रविधिमैत्री शिक्षा दिनका लागि क्षमतावान् शिक्षकहरु रहेका छन् । जसका कारण विद्यालयले शिक्षा संगै विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ठ नतिजा प्राप्त गर्दै आएको छ ।


प्रकाशित | २५ असार २०८०, सोमबार २०:३६