कोरोना नियन्त्रणमा जनसम्पर्क समिति अमेरिकाले पठायो ४८ लाख सहयोग

न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालमा कोभिड–१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि ४१ हजार ३४ अमेरिकी डलर (नेपाली  ४८ लाख बराबर) रकम सहयोग छ । जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेस पार्टीले संचालन गरेको राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको नेपाली कांग्रेसको खातामा सो रकम जम्मा गरेको हो ।

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकोले नेपाली कांग्रेसले सम्पूर्ण जनसम्पर्क समितिहरुलाई सहयोगको लागि अपिल गरेको थियो । नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले सो रकम पार्टी केन्द्रीय कार्यालयमा बुझाएको जानकारी दिनु भयो ।

सभापति बिष्टले पार्टीको परिपत्र अनुसार सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनकारी दाताहरुप्रति सिंगो पार्टी र नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट कृतज्ञता व्यक्त गर्नु भएको छ ।


प्रकाशित | १२ असार २०७८, शनिबार १८:०१