नेपालमा एकैदिन १ हजार ८१४ जनाले जिते कोरोना, ९८० जना थपिए

काठमाडौं – नेपालमा एकै दिन १ हजार ८१४ जनाले कोरोना जितेर डिस्चार्ज हुनुभएको छ । पछिल्लो २४ घन्टामा १ हजार ८१४ डिस्चार्ज हुनुभएको हो । यो सहित नेपालमा हालसम्म २८ हजार ९४१ उपचारपछि निको हुनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ३८२ जनाको पिसिआर परिक्षण गरिएकोमा थप ९८० जना कोरोना संक्रमित देखिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४६ हजार २५७ जना पुगेको छ।

त्यस्तै, उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको छ । आइतबार काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका छन्।

नेपालमा संक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। अहिले संस्थागत आइसोलेसनमा ६ हजार २०१ रहेका छन्। हालसम्म ४ हजार ७०३ क्वारेन्टाईनमा छन्


प्रकाशित | २१ भाद्र २०७७, आईतवार १६:३२