हावाहुरी प्रभावीतलाई एनआरएन हङकङले पहिलो चरणमा पठायो ५५ हजार सहयोग : राहत संकलन भने जारी

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले बारा र पर्साका हावाहुरी प्रभावीतलाई पहिलो चरणमा ५५ हजार रुपैयाँ पठाएको छ । हावाहुरी प्रभावीतलाई राहत संकलन जारी राखेको एनआरएन हङकङले पहिलो चरणमा संकलीत रकम ५५ हजार नेपाल पठाएको हो । राहत संकलन भने जारी राखिएको छ ।

एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) ले हावाहुरी प्रभावीतको लागि राहत संकलन गर्न अभियान जारी छ । यथपी पहिलो चरणमा उठेको रकम भने नेपालमा पठाइएको हो । साथै राहत संकलन जारी रहेकाले पीडितलाई सहयोग गर्न एनआरएनले आह्वान गरेको छ ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार १८:१०