प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता हुँदै,एमसीसी बारे छलफल हुने

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवार र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो।

देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताए । ‘प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको हो ।

प्रधानमन्त्री देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने हुनुभएको छ । प्रचण्डसँग पनि ४ बजे नै भेटवार्ताको समय तोकिएकाले तीन दलका शीर्ष नेताबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुन लागेको हो ।


प्रकाशित | २३ माघ २०७८, आईतवार १५:२७