बाध्यकारी स्थिति आएमा मुलुक अन्य कोर्षमा जानसक्छः मन्त्री ढकाल

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मुलुकमा विशेष, छुट्टै परिस्थिति विकास भए वा बाध्यकारी स्थिति आएमा मुलुक अन्य कोर्षमा जानसक्ने धारणा व्यक्त गर्नुभएको छ । शुक्रवार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेकपाका नेतासमेत रहनुभएको मन्त्री ढकालले सरकार प्रदेशसभा विघटनको पक्षमा नरहेको बताउँदै सरकार केन्द्रको निर्वाचनको जुटिसकेको र अन्य सरकारलाई विधि सम्मत चल्न दिने पक्षमा रहेको बताउनुभयो ।

केही राजनैतिक दलहरुले सरकारविरुद्ध मुद्दा नपाएकाले निर्वाचनको तयारी गर्न सडकमा ओर्लिएको बताउँदै मन्त्री ढकालले राजनैतिक दलहरुलाई सडक आन्दोलन भन्दा पनि निर्वाचनको तयारी गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री ढकालले सरकारले गरेको प्रतिनिधि सभा विघटनको कार्य केहीले असंवैधानिक भनिरहेका बेला सर्वोच्च अदालतले संवैधानिक विषय भनेर संवैधानिक इजलासमा लगेकोले पनि संवैधानिक नै भएको धारणा व्यक्त गर्नुभयो ।


प्रकाशित | २४ पुष २०७७, शुक्रबार २०:४१