नेपालको नयाँ नक्सा वितरण गर्दै ‘देश चिनाउने अभियान’ मा स्वतन्त्र उम्मेदवार ईश्वर अर्याल

काठमाडौं : नापी बिभागको स्थायी जागिरबाट राजीनामा दिएर ईश्वर अर्याल ‘देश चिनाउने अभियान’मा लाग्नु भएको छ । नापी बिभागको सर्भेक्षक (नायब सुब्बासरह) पदबाट राजीनामा दिएर अर्यालले नेपालको नयाँ नक्सा वितरण गर्दै ‘देश चिनाउने अभियान’ चलाउनु भएको हो ।

आफू गोरखाली भएको नाताले समेत राष्ट्रनिर्माता पृथ्बीनारायण शाहले एकीकरण गरेको बिशाल नेपालको जानकारी दिँदै सरकारी विद्यालयका विद्यार्थीहरु देशको बारेमा जानकारी दिन अभियान थालेको बताउनुभयो ।

हाल नागार्जुन नगरपालिका १ का स्थायी बासीन्दा अर्यालले २०७९ साउन ३ गते बिभागबाट राजीनामा दिएर देशका सरकारी विद्यालयका बिद्यार्थीहरुलाई नेपालबारे जानकारी होस भन्ने उद्देश्यले नेपालको नयाँ चुच्चे नक्सा वितरण गरिरहनृु भएको छ ।

उहाँको ७१ दिने अभियानमा काठमाडौं, ललितपुर, गोरखा, रुपन्देही, धादिङ, नुवाकोट र मकवानपुरमा पुगेर त्यहाँका सरकारी विद्यालयका बालबालीकाहरुलाई नक्सा वितरण गरिसक्नु भएको छ ।

हालसम्म सात जिल्लाका ७७ वटा विद्यालयमा नयाँ नक्सा वितरण गरिसकेका उहाँले बताउनु भयो । साथै अगामी दिनमा थप बिस्तार गर्दै जाने उहाँको भनाई छ । काठमाडौंबाट नक्सा वितरण गर्न थाल्नु भएको अर्यालले लुम्बिनी र गण्डकीका प्रदेशका विद्यालयमा पुगेर समेत वितरण गर्नु भएको छ ।

नेपालका नयाँ पिढीलाई नेपालको भौगोलिक र प्रशासनिक बिभाजनको बारेमा सुसूचित गर्ने र देश चिनाउने उद्देश्यले नयाँ नक्सा वितरण अभियानलाई अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । नापी विभागको सर्भेक्षण शाखामा बसेर २२ बर्ष काम गरेका उनी आफ्नो जागीरे अनुभव समेत नक्सा बनाउने नै भएकाले त्यसलाई निरन्तरता दिएको बताउनुहुन्छ ।

१६ बर्ष कार्यकाल अझै बाँकी हुँदाहुँदै जागिरे जीवनबाट राजीनामा दिएर आफूले जागिरबाट सिकेको सिप र अनुभवको प्रयोग गर्दै स्कुले भाइबहिनीहरुलाई राष्ट्रको भूगोल प्रशासनबारे सुसूचित गर्न अभियान थालेको उहाँ बताउनहुन्छ । नेपालको पछिल्लो चुच्चे नक्साका बारेमा नयाँ पुस्ता जानकार हुनुपर्नेमा जोड दिदै देशको भूगोल सबैलाई बोध होस् भन्ने आफ्नो उद्देश्य रहेको उहाँले बताउनुभयो ।

आफू गोरखाली भएकाले पनि राष्ट्रनिर्माता पृथ्बीनारायण शाहले भौगोलिकरुपमा एकीकरण गरेको मुलुकको बारेमा जानकारी दिने अभिलासा ब्याप्त भएकाले यो अभियान सुरु गरेको उहाँको भनाई छ ।

अर्यालले जागिरबाट प्राप्त गरेको अनुभव र राष्ट्रप्रतिको जिम्मेवारीबोधले अभियान सुरु गरेको बताउनुहुन्छ । ‘जागिरे जीवनको अनुभव र गोरखाको माटोले समेत राष्ट्रको भूगोलको बारेमा विद्यार्थीहरुले जानकारी पाउनुपर्छ, जो मातृभूमिको बारेमा जानकार हुँदैन उ अरुप्रति जिम्मेवार हुँदैन भनेरै यो अभियान सुरुवात गरेको हुँ’, यो अभियानलाई चुनावपछि फेरि निरन्तरता दिने बताउँदै उहाँले देशभरका सबै सरकार विद्यालयमा आफूले अभियान लैजाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब आशन्न निर्वाचनपछि यसलाई निरन्तरता दिने जमर्को गरेको छु, देशका सबै युवा र विद्यार्थीले नक्साबाट देशको जानकारी लिउन भन्ने मेरो मनसाय हो।’ मंसिर ४ को निर्वाचनलगत्तै अन्य जिल्लाका विद्यालयमा समेत आफ्नो अभियानलाई निरन्तरता दिने तयारीमा हुनुहुन्छ । काठमाडौं ७ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको उहाँले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।


प्रकाशित | २९ कार्तिक २०७९, मंगलवार १७:०१