‘एभरेष्ट हाइकिङ’ को पूर्वसन्ध्यामा मकाउमा रेकी (अभ्यास) कार्यक्रम सम्पन्न

मकाउ :  ‘भिजिट नेपाल -२०२०’ सफल बनाउने उद्देश्यले मकाउमा आयोजना गरिन लागिएको ‘एभरेष्ट हाइकिङ’ को पूर्वसन्ध्यामा ‘एभरेष्ट हाइकिङ’ को रेकी (अभ्यास) कार्यक्रम सम्पन्न गरिएको छ । मकाउमा यही जुन २३ तारिखका दिन ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम आयोजना गरिदैंछ । 

नेपाली महावाणिज्य दुतावास हङ्कङ /मकाउ र गैर आवसिय नेपाली संघ मकाउको संयुक्त आयोजनामा हुन लागेको ‘एभरेष्ट हाइकिङ’ कार्यक्रमको पूर्वसन्ध्यामा ‘एभरेष्ट हाइकिङ’ रेकी (अभ्यास) सम्पन्न गरिएको हो । कार्यक्रममा पूर्व उप-प्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइराला र महावाणिज्यदुत कमल प्रसाद भट्टराईको सहभागितामा सम्पन्न गरिएको एनआरएनए मकाउ अध्यक्ष शान्तिदेवी अधिकारीले जानकारी गराउनुभयो ।

अध्यक्ष अधिकारीका अनुसार पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य सहित पर्यटन बर्ष- २०२० सफल बनाउन यहि आउँदो २३ जुन २०१९ आइतबारको दिन मकाउमा दोश्रो पटक सगरमाथा दिवसको अवसरमा ‘एभरेस्ट हाइकिङ’ कार्यक्रम आयोजना गरिन लागिएको हो । सो अवसरमा हुने कार्यक्रममा सहभागि हुन सबैमा आह्रवान गरिएको छ । ‘एभरेस्ट हाइकिङ’ पान्डा पार्क नजिकै पेट्रोल पम्प नजिकैको गेटबाट शुरू हुने अध्यक्ष अधिकारीले बताउनुभयो ।


प्रकाशित | ५ असार २०७६, बिहीबार ०९:०७