चाँगुनारायणले ज्येष्ठ नागरिक,अति अशक्त र अपांगता भएका ब्यक्तीहरुको स्वास्थ्य उपचार निशुल्क गर्ने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिक, अति अशक्त र अपांगता भएका ब्यक्तीहरुलाई नगर अस्पतालबाट प्रवाह हुने स्वास्थ्य उपचार सेवा निशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको हो ।

नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम गर्ने, ज्येष्ठ नागरिक मिलन चौतारीको विस्तार एवं ब्यवस्थापनका साथै सबै मिलन चौतारीलाई आरोग्य केन्द्रका रुपमा क्रमशः विकास गर्ने, ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र दक्षतालाई पुस्तान्तरणका लागि आवश्यक कार्यक्रम सञ्चालनको ब्यवस्था मिलाउने घोषणा पनि गरेको छ ।

त्यस्तै, नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा नागरिकहरुमा स्वास्थ्य सेवा प्रभावकारी गर्न विपन्न तथा ज्येष्ठ नागरिहरुका परिवारका लागि निशुल्क स्वास्थ्य विमा कार्यक्रमका लागि १ करोड बजेट विनियोजन गरेको छ ।


प्रकाशित | २२ असार २०८०, शुक्रबार २२:१८