उपत्यकामा जारी निषेधाज्ञालाई थप्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाको आदेशलाई थप्न मंगलबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोरोना भाइरसको संक्रमण दर केही घट्दै गए पनि जोखिम कम नभएको भन्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा थप्नुअघि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्नेछ । बैठकको सिफारिसअनुसार निर्णय हुने उहाँले बताउनु भयो ।

हाल प्रशासनले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यो निर्णयले रातिको समयमा होटलहरुमा हुने भीडभाड कम भएको प्रशासनको निष्कर्ष छ । त्यसैले यो नियमलाई निरन्तरता दिने प्रशासनको तयारी छ ।


प्रकाशित | ८ भाद्र २०७८, मंगलवार १४:३०