विश्वभरीका एनआरएन अष्ट्रेलियामा: ओसेनीया सम्मेलनमा एनआरएनको बाक्लो सहभागिता

सिड्नी:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनका लागि विश्वभरीका गैर आवासीय नेपाली अष्ट्रेलियामा भेला भइसक्नु भएको छ । अष्ट्रेलियामा एनआरएनका अभियन्तादेखि एनआरएनका नेताहरु सहभागि भइसक्नु भएको छ । सम्मेलनमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै कानुनमन्त्री भानुभक्त ढकाल आइसक्नु भएको छ । सम्मेलनमा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक समेत आइसक्नु भएको छ ।

 कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सहकोषाध्यक्ष सोम सापकोेटा, एनआरएन अभियन्ता श्याम तामाङ, एनआरएनएन प्रवक्ता भूषण घिमिरे, यूरोपका संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारीलगायत सहभागि भइसक्नु भएको छ ।

अष्ट्रेलियामा रहनु भएको एनआरएनका पूर्व अध्यक्ष शेष घले, एनआरएन अभियन्ता तथा महावाणिज्यदूत दिपक खडका, जमुना गुरुगं, एनआरएनएन पूर्व प्रवक्ता रञ्जु वाग्ले थापा पनि सम्मेलनमा सहभागि हुनुहुनेछ । अष्ट्रेलियामा आइपुगेका एनआरएन अभियन्ताहरु यतिखेर पूर्व अध्यक्ष शेष घलेसँगको भेटभाटमा सहभागि भइरहनु भएको छ । कार्यक्रममा अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान पनि सहभागि हुनुहुनेछ । सिड्नीको हायात रीजेन्सी होटलमा हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा २० मुलुकका तीन सय भन्दा बढीको सहभागिता रहेको छ ।

सम्मेलनको पहिलो दिन नेपालमा गैर आवासीय नेपाली र लगानी सम्बन्धी, प्रर्यटन प्रबद्र्धन तथा विदेशी ज्ञान, सिपलाई कसरी भित्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ भने दोस्रो दिन सिड्नी घोषणापत्र जारी गर्दै समापन गर्ने कार्यक्रम तय गरिएको एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले जानकारी गराउनुभयो ।

कार्यक्रममा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्नुहुनेछ । ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नाराका साथ गरिन लागिएको सम्मेलन नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन कोशेढुंगा शावित हुने अपेक्षा गरिएको छ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार ११:०१