भक्तपुरमा सार्वजनीक जग्गाको खोजी कार्य शूरु: अतिक्रमीत जग्गाहरुको स्थलगत निरिक्षण

भक्तपर: भक्तपुरमा सार्वजनीक जग्गाको खोजी कार्य शुरु भएको छ । भक्तपुरमा सार्वजनीक जग्गाको खोजी गर्ने र अतिक्रमीत जग्गालाई सरकारको नाममा ल्याउने प्रयासस्वस्प सांसदेखि स्थानीय प्रशासनसम्मको टोलीले अतिक्रमीत जग्गाहरुको स्थगलत निरीक्षणा गरेको छ ।भक्तपुरका सांसद महेश बस्नेतको नेतृत्वमा सरकारी निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, स्थानीय सरोकारवाला व्यक्तिहरु सहितको टोलीले भक्तपुरका चार स्थानमा अतीक्रमीत सार्वजनीक जग्गाहरुको स्थालगत निरिक्षण गरिएको हो ।

अतिक्रमीत हनुमन्ते नदीको जग्गा, मनोहरा नदीको नाममा अतिक्रमीत जग्गा, कमलपोखरी र निलवारहीको सार्वजनीक जग्गा अतिक्रमीत गरिएको भन्दै टोलीले निरीक्षण गरेको हो । अनुगमनका क्रममा सांसद बस्नेतले सार्वजनिक जग्गाहरु व्यक्तिको नामबाट सार्वजनिक बनाउने पहल शूरु भएको बताउनुभयो ।

सांसद बस्नेतले चार वटा ठाउँको निरिक्षण गरेको र बाँकी अन्य ठाउँको समेत निरिक्षण गर्ने र जिल्ला प्रशासन प्रमुखले प्रतिवदेन तयार गरी गृहमन्त्रालयमा पठाउने तयारी भइरहेको जानकारी गराउनुभयो । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई सार्वजनिक जग्गा पहिचान गराउन निर्देशन समेत दिई प्रतिवेद तत्काल उपलब्ध गराउन निर्देशन दिएको र सोही अनुसार भक्तपुरमा तिव्र रुपमा व्यक्तिको नाममा दर्ता गराएका सम्पूर्ण जग्गाहरुको पहिचान गर्न थालिएको बताउनुभयो ।

प्रजिअ नारायणप्रसाद भट्टले गृहमन्त्रालयको निर्देशन अनुसार सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएका सवै जग्गाहरु पुनः सार्वजनिक नै बनाउन आवश्यक सवै अस्त्र प्रयोग गर्ने बताउनुभयो । अनुगमन टोलीमा नेकपाका अध्यक्ष बचन देउजा, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी प्रमुख एसपी हिमालय कुमार श्रेष्ठ, डिएपी मिलन केसी, स्थानीयवासी लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार ०९:४६