नर्वेको राजधानी ओस्लोमा कालापानी लगायतका क्षेत्रबाट भारतीय सेना फिर्ताको माग गर्दै विरोध प्रदर्शन

तस्विर सौजन्य: जितेन्द्र शाही

ओस्लो (नर्वे): नर्वेको राजधानी ओस्लोमा पनि भारतीय अतिक्मण विरुद्ध प्रदर्शन गरिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) नर्वेको अगुवाइमा राजधानी ओस्लोमा प्रदर्शन भएको हो । कालपानी लगायतका क्षेत्रबाट भारतीय सेना फीर्ताको माग गर्दै गैर आवासीय नेपालीले विरोध प्रदर्शन गरेका हुन ।

राजधानी ओस्लोस्थित नर्वेको संसद भवन अगाडी भएको प्रदर्शनमा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित नेपाली समुदायको बाक्लो सहभागिता थियो । एनआरएन नर्वेले भारतीय दूतावासमार्फत भारत सरकारले बुझाउन खोजेको ज्ञापन पत्र भने दूतावासका कर्मचारीले बुझ्न नमानेको बताइएको छ ।

बिरोध कार्यक्रममा एनआरएन नर्वेका अध्यक्ष नयन मल्ल, उपाध्यक्ष जीवन शाहीलगायतका उपस्थिति रहेको थियो ।

बिरोध प्रदर्शनमा नेपाली काँग्रेस जन सम्पर्क समिति नर्वेका अध्यक्ष जितेन्द्र बिक्रम शाही, प्रवासी नेपाली मञ्च युवराज भण्डारी लगायत नर्वेस्थित नेपाली संघसंगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम पारसमणी आचार्य र सिद्धान्त घलेले सञ्चालन गर्नुभएको थियो ।

 


प्रकाशित | १७ मंसिर २०७६, मंगलवार २०:२३