वैदेशिक रोजगारीमा प्रतिदिन २ को मृत्यु, तीन महिनामै गुमाए १८१ नेपालीले ज्यान

गोपाल संग्रौला /काठमाडौं

चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका क्रममा प्रतिदिन २ को मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका क्रममा १८१ नेपालीले ज्यान गुमाएका छन ।

यसमध्ये पनि १७१ जना मृतक युवाका परिवारले मात्र सरकार दिने आर्थिक सहायता पाउने भएका छन् । श्रम स्वीकृतिको म्याद सकिएको १ वर्षभित्र मृत्यु हुने श्रमिकका हकवालालाई सरकारले ७ लाख रुपैयाँमा दरले आर्थिक सहायता दिने कानुनी प्रावधान रहेको छ ।

चालू आवको साउन, भदौ र असोजमा क्रमशः ६०, ६४ र ४७ नेपाली युवाले रोजगारीका क्रममा विदेशी भूमीमा ज्यान गुमाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यो ३ महिनाको अवधिमा ४ महिला र १७८ युवाको रोजगारीकै क्रममा मृत्यु भएको छ । यसरी ज्यान गुमाउने मध्ये १७१ नेपालीका नजिकका नातेदारले सरकारबाट जनही ७ लाख रुपैयाँमा दरले लगभग १२ करोड रुपैयाँ आर्थिक सहायता लिएका छन । बोर्डबाट १८१ मृतक श्रमिकको शव ढुवानी सहायताअन्तर्गत गृह जिल्लासम्म निशुल्कशव पु¥याइएको जनाएको छ ।

यो संख्या रोजगारीका लागि विदेश गएर आर्थिक सहायता पाउने परिधिमा परेर रोजगारप्रबद्र्धन बोर्डबाट आर्थिक सहायता लिने युवाकोसंख्यामात्र हो । श्रम स्वीकृतिको म्याद १ वर्ष पूरा भएर सहायता रकम नपाउने र शव ढुवानीको सेवा नलिने मृतकको संख्या जोडने हो भने अझ बढी आउने अनुमान छ ।

यो अवधिमा वैदेशिक रोजगारीमा रहेका युवाका ६ परिवारले सरकारबाट औषधि उपचार खर्च पाएका छन । चालू आर्थिक वर्षको तीन महिनामा १३ परिवारले विदेशमा रहेको आफन्तको उद्दारका लागि सरकारलाई अनुरोध गरेका छन् भने ३१ मृतकका आफन्तले शब झिकाउन बोर्डमा निवेदन दिएका छन ।
यस्तै, १३५ मृतक नेपालीको शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बोर्डले गृह जिल्ला ढुवानी सेवा निशुल्क गरेको थियो । वैदेशिक रोजगारीका क्रममा नेपाली युवाको मृत्यु हुने दर बिगत ३ महिनामा क्रमस घटदै गईरहेको देखिन्छ ।

सरकारले वैदेशिक रोजगारी जाने युवामा देखिएको बढदो मृत्यको कारण अध्ययन गर्न नसक्दा मृत्युदरलाई भने न्युन अंकमा घटान सकिएको छैन । आर्थिक वर्ष २०७३÷२०७४ मा वैदेशिक रोजगारीका क्रममा ७५५ नेपालीको मृत्यु भएकोमा अघिल्लो आवमा यो संख्या बढेर ८२१ पुगेको थियो भने गत आबमा ६८ जनाले घटेको छ । यो संख्या विदेशमा मृत्यु भई आर्थिक सहायता पाउने युवाको संख्या मात्र हो ।


प्रकाशित | १७ कार्तिक २०७६, आईतवार ११:५१