चाँगुनारायण नगरपालिकाले ९ वटै वडालाई समेटेर धार्मिक पर्यटकीय पदमार्ग निर्माण गर्ने

भक्तपुर: चाँगुनारायण नगरपालिकाले ९ वटै वडालाई समेटेर धार्मिक पर्यटकीय पदमार्ग निर्माण गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले पर्यटकीय पदमार्ग निर्माण गर्ने नीति ल्याउनु भएको हो ।

नगरकोट भ्रमण वर्ष सन्र २०२४-२०२५ को पूर्व तयारीका लागि नेपाल सरकार र प्रदेश सरकारसँगको कार्यक्रम सञ्चालन गर्ने, नगरको सम्पत्तिको रुपमा रहेका भाषा, धर्म, कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन एवं विकास गर्ने नीति तथा कार्यक्रमा समेटिएको छ ।

त्यस्तै, पर्यटकीय महत्वका स्थलहरु, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका मठमन्दिर, गुम्बा तथा अन्य पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने र होटल, हामेस्टेलगायत अन्य पर्यटकीय स्ंस्थाहरुको नियमन तथा अनुगमलाई प्रभावकारी बनाउने भएको छ ।

चाँगुनारायणको पर्यटकीय स्थलको रुपमा नगरकोट र विशेष गरि चाँगुनारायण मन्दिर प्रख्यात छ ।


प्रकाशित | १७ असार २०८०, आईतवार २२:१९