विश्वको सबैभन्दा धनी जेफ बेजोसले पत्नी बेजोससँग ३६ विलियन डलर लेनदेन गर्दै गरे सम्बन्ध विच्छेद

एजेन्सी : विश्वका सबैभन्दा धनी दम्पत्ति अर्थात अमेजनका मालिक जेफ बेजोसले पत्नी म्याकेन्जी बेजोसँगको सम्बन्ध विच्छेद गरेका छन् । अमेजनका जेफ बेजोस र उनकी श्रीमती मेकेंजीबीच विश्वकै महँगो पारपाचुके भएको समाचारमा जनाइएको छ । उनीहरुले ३६ विलियन डलर लेनदेन गर्दै सम्वन्ध विच्छेदको सहमति पुगेका हुन ।

सम्वन्ध विच्छेदको सहमतिसँगै अब २५ वर्ष पुरानो रिटेल कम्पनी अमेजनमा मेकेंजीको हिस्सेदारी ४ प्रतिशत रहेने छ। उनीहरुबीच ३५ विलियन डलरमा भएको सहमतिले फ्रान्समा जन्मेका अमेरिकी अर्वपति एलेक वाइल्डेनस्टाइन र उनकी पूर्व पत्नी जोसेलीन वाइल्डेनस्टाइनबीच ३.८ विलियन डलरमा भएको सम्वन्ध विच्छेदको सहमतिलाई निकै पछि छोडिदिएको छ।

मेकेंजीले एक ट्वीट गर्दै यो घोषणा गरेकी हुन्। उनले यही महिना ट्वीट ट्वीटर खाता खोलेकी थिइन् र यहीनै पहिलो र एकमात्र ट्वीट हो। सम्वन्ध विच्छेद अगाडि अमेजनमा मेकेंजीको १६।३ प्रतिशत हिस्सेदारी थियो। बेजोसले सन् १९९४ मा अमेजनको स्थापना गरेका थिए। मेकेंजीले यस कम्पनीमा पहिला सदस्यकारुपमा काम गरेकी थिइन्। उनीहरुका चार बच्च छन्।

आफ्नो विज्ञप्तिमा म्याकेन्जीले दम्पत्तिको नाममा वासिङ्टन पोष्ट र ब्लु ओरिजिन कम्पनीमा रहेको शेयरको अधिकार आफूले पूर्णरुपमा त्याग गरेको र अमेजन कम्पनीको शेयरमध्ये ७५ प्रतिशत जेफलाई छाडेको बताएकी छिन् । बेजोस दम्पत्तिको नाममा रहेको शेयर मध्ये २५ प्रतिशत मात्र आफूले लिएकी म्याकेन्जीले आफ्नो शेयरबापतको भोटिङ अधिकार पनि जेफ बेजोसलाई नै प्रदान गरेकी छिन् ।

आफ्नो ट्वीटमा म्याकेन्जीले डिभोर्सको प्रक्रिया टुंगो लगाउने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब जेफसँग साथी तथा बच्चाहरुको अभिभावकको नयाँ अध्ययन सुरु गर्ने बताएकी छिन् ।

अमेजनलगायतका कम्पनीमा जेफ बेजोसको निरन्तर योगदानलाई सहयोग गर्नका लागि आफूले त्याग गरेको पनि उनले बताएकी छिन् । साथै उनले आफ्नो भावी योजनाबारे आफू निकै उत्साहित हुनुका साथै विगतप्रति पनि अनुग्रहित रहेको उल्लेख गरेकी छिन् ।

यस्तै जेफ बेजोसले आफ्नो ट्वीटमा भूतपूर्व पत्नी म्याकेन्जीको सहयोगका लागि आफू कृतज्ञ रहेको र म्याकेन्जीसँग आगामी दिनमा साथी तथा सह(अभिभावकको सम्बन्धका लागि आफू उत्साहित रहेको पनि बताएका छन् । उनले म्याकेन्जीको प्रसंसा गर्दै आफूले भविष्यमा सधै उनीबाट सिकिरहने पनि बताएका छन् ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार १७:५८