जेट एयरको विमान ठुलो दुर्घटनाबाट जोगियो

काठमाडौँ : जेट एयरको विमान ठुलो दुर्घटनाबाट बचेको छ । जेट एयरवेजको उडान नम्बर २६७ विमान आज दिउँसो ३ः५० मा दिल्ली उड्न लाग्दा दुर्घटनाबाट बचेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्नै लाग्दा विमानमा तेल नभएको कुरा पाइलटले थाहा पाएलगत्तै पाइलटले विमानलाई टर्न गरेर फर्काइएका थिए ।

काठमाडौँबाट दिल्लीका लागि उड्न लागेको जेट एयरवेज उड्नका लागि केही मिनेटमात्र बाँकी रहेकै बेला पाइलटले विमानमा तेल सकिएको सुइँको पाएर विमान पार्किङ वेमा फर्काएकाले दुर्घटनाबाट जोगिएको बताइएको छ । विमान पार्किङ वेमा फर्काएको करिब २ घण्टापछि तेल भरेर विमान नयाँ दिल्लीका लागि उडेको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १९:२८