दिल गुरुङको प्रश्न : के एनआरएनएको पदमा पुग्नकै लागि जनसम्पर्क समिति चाहिएको हो ?

दिल गुरुङ

गैर आवासीय नेपाली संघ (एनआरएनए) को यस पटकको दशौं महाधिवेशन तथा विश्व सम्मेलनले गतिलो पाठ सिकाएको छ । विधि, विधान र पद्धति सबैलाई बिर्सेर पदका लागि जे पनि गर्ने जुन परिपाटी देखा पर्यो यो इतिहासकै सबैभन्दा घिनलाग्दो र लाजमर्दो छ । अझ मैले नै नेपाली कांग्रेसको सिपाही भन्दै संसारभरीका जनसम्पर्क समितिका साथीहरुलाई चिनाएको ब्यक्तिले नै जुन किसिमको धोका दियो यसले त झनै सबैलाई आश्चर्य चर्कीत नै बनायो । एक किसिमले भन्नु पर्दा एक प्रवित्र सामाजीक संस्थालाई चरम अवसरवादी र पदका लागि जे पनि गर्न तयार ब्यक्तिहरुलाई सुम्पिएर ठुलो गल्ती भएको छ । ब्यक्तीगत स्वार्थका लागि तल्लो स्तरसम्म गिर्ने कार्यले विदेशमा बस्ने एक स्वाभीमान नेपालीको शीर निहुँरिएको छ । अझ कांग्रेस वा जनसम्पर्क समितिको नाममा राजनीति गर्दै त्यसैलाई भ¥याङं बनाएर सच्चा कांग्रेसीजनहरुको समेत शीर निहुँराउने काम गरिएको छ । यो कुरा इतिहासले गम्भिर समिक्षा त गर्ला नै यद्यपी यति तल्लो स्तरसम्म गिरेर यति विध्न काम हुन्छ भन्ने मैले कल्पना पनि गरेको थिएन ।

हामी सिधा लाइनको मान्छे हो नत हामीलाई लपनछप्पन आउँछ नत त्यसो गर्न नै जानेको हुन्छ । तर हाम्रै नाम लिएर हामीलाई नै प्रयोग गरेर अहिले जनसम्पर्क समितिको नाममा एनआरएनएमा प्रवेश गर्ने जुन गलत परिपाटी देखियो यसले जनसम्पर्क समितिको औचीत्यमाथि गम्भिर प्रश्नचिन्ह्र खडा भएको छ । के एनआरएनएमा जानकै लागि जनसम्पर्क समिति बनेको हो त ? के जनसम्पर्क समिति आफैमा असक्षम र काम गर्न योग्य छैन त ? भन्ने जस्ता प्रश्नहरु पनि हामीसामु खडा भएका छन । यस पटकको एनआरएनएमा जुन रवैया देखियो त्यसलाई गम्भिर समिक्षा गर्ने हो भने अब जनसम्पर्क समितिमा काम गर्ने कोही पनि ब्यक्ती एनआरएनएमा जानु हुँदैन । जनसम्पर्क समितिमार्फत हामी आफैले समाजसेवा गर्नुपर्छ । एनआरएनएमा केहि ब्यक्तीलाई पदमा पुर्याउने भ¥याङ बन्नु हुँदैन ।

ब्यक्तीगत स्वार्थका लागि तल्लो स्तरसम्म गिर्ने कार्यले विदेशमा बस्ने एक स्वाभीमान नेपालीको शीर निहुँरिएको छ । अझ कांग्रेस वा जनसम्पर्क समितिको नाममा राजनीति गर्दै त्यसैलाई भ¥याङं बनाएर सच्चा कांग्रेसीजनहरुको समेत शीर निहुँराउने काम गरिएको छ ।

केहि स्वार्थी र लोभी पापीका कारण जनसम्पर्क समितिमा आबद्ध ब्यक्तीहरुलाई पनि विदेशमा बसेर राजनीति गर्ने थलोको रुपमा उपयोग गरिदैंछ । यो विल्कुल गलत रहेछ । यसले कसैलाई पनि फाइदा पुग्ने रहेनछ अझ मातृभुमि नेपालका लागि त यो झनै खतरनाक रहेछ भन्ने मेरो बुझाइ हो । जस्तो शुरुमा कुल आचार्य काग्रेस हो भन्ने विषयमा ठुलो भ्रम थियो । हामीले नै विश्वभरिका साथीहरुलाई जर्वजस्ती कांग्रेसको रुपमा चिनायौं । आज हाम्रै कमजोरीको फाइदा उठाइयो । जसलाई हामीले विश्वास गरेर नेतृत्वको लागि अगाडि सार्यौ कुल जीले पद पाउँने बित्तिकै सबै बिर्सिदिने काम गर्नु भयो । कुल जीले संस्थामा योगदान गर्ने भन्दा बढी पार्टीलाई उपयोग गर्नु भयो । त्यसैले आइन्दा दिनमा विदेशमा बसेका कांग्रेसको योगदानलाई नसोचीकन अब यस्तो निर्णय गर्नु हुँदैन भन्ने पाठ यो सम्मेनलले सिकाएको देखिन्छ । जनसम्पर्कको नाममा पद दिनु र लिनु गलत रहेछ भन्ने कुरा प्रमाणीत भयो । जनसम्पर्क समितिहरु एनआरएनभन्दा बाहिर हुनुपर्ने रहेछ । पदका लोभीहरुलाई जिम्मेवारी दिने काम अब कदापी गर्नु हुँदैन । अब हामीले पनि सामाजीक सेवा गर्न सक्छौ । हामी पनि सक्षम र बलियो छौ, काम गर्न सक्छौ । जनसम्पर्क समितिको नाममा नाम कमाउने र त्यसका लागि एनआरएनएमा पुर्याउने भ¥याङं बन्ने कार्य अब बन्द गरिनुपर्छ ।

गुरुङ नेपाली जनसम्पर्क समिति युरोपको संयोजक हुनुहुन्छ ।


प्रकाशित | १९ चैत्र २०७८, शनिबार २१:३३