भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय, २२ गते बाट अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने

काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक र २२ गते रातिदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।

त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ । अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राखिनेछ ।


प्रकाशित | १९ बैशाख २०७८, आईतवार २१:११