कांग्रेस महामन्त्री कोइरालाको प्रश्न – विद्या भण्डारी नेपालको कि नेकपाको राष्ट्रपति ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रमाथि प्रश्नचिन्ह खडा भएको भन्दै राष्ट्रपतिको पछिल्ला गतिविधिप्रति गम्भिर आपत्ति जनाउनुभएको छ । राष्ट्रपतिको पछिल्लो गतिविधीले गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको भन्र्दै राष्ट्रपतिको भूमीकाप्रति गम्भिर प्रश्न उठाउनुभयो ।

बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं बीपी स्मृति दिवसका अवसरमा अयोजित भर्चुअल कार्यक्रममा बोल्दै डा कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएकोमा चिन्ता ब्यक्त गर्नुभयो । उहाँले आम नागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने मानसिकता देखिएको पनि उल्लेख गर्नुभयो ।

कोइरालाले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समुहबाट एक जना मात्र सभापतिको उमेदवार हुने प्रष्ट पार्नुभयो । आफुहरुको समुहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको बताउँदै कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन हामी भनेर लाग्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

कोइरालाले आफुले सभापति देउवालाई सधै सहयोग गरेको भन्दै तर सभापति पार्टीमा एकलौटी गर्न नछोडेकाले आफु पनि सभापतिका विरुद्धमा लाग्न बाध्य भएको पनि बताउनुभयो ।


प्रकाशित | ६ श्रावण २०७७, मंगलवार १३:३२